Thursday, May 02, 2024 | २०८१ बैशाख २० बिहीबार

ताजा अपडेट

   

मन्त्री पद अस्थायी हो, सम्झिनलायक काम गर्छु : श्रममन्त्री कुँवर

बधाईदिन मन्त्रालय पुगेका शुभचिन्तकसंग फोटो खिच्दै श्रममन्त्री कुँवर

काठमाडाैं : नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जनताले सम्झिनलायक काम गर्ने बताएका छन् । श्रम मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री कुँवरले ३० वर्ष जनता र श्रमिकहरूसँग बिताएको र उनीहरूको अपमान हुने काम नगर्नेसमेत बताए । 

पार्टीले दिएको जिम्मेवारी र श्रमिकको हकहितका लागि सबै पक्षसँग सहकार्य गर्दै काम गर्ने उनले बताए । ‘देशभित्र कसरी रोजगारी सिर्जना गर्ने र वैदेशिक रोजगारीलाई कसरी व्यवस्थित बनाउने भन्नेमा आफूले ध्यान दिने उनले बताए । 

'कामदारका समस्या सुन्न श्रमिकका घरआँगनमा पुग्नेछु,’ उनले भने, ‘मन्त्री पद अस्थायी हो । म हिजो पनि जनता नै थिएँ । भोलि पनि जनता नै हुनेछु । मलाई मन्त्रीभन्दा जनता नै प्यारो लाग्छ । त्यही भएर काम गर्न सक्दो प्रयास गर्छु ।’

राजनीतिकर्मीभन्दा पनि फरक तरिका अपनाएर काम गर्ने योजना रहेको उनले सुनाए । उनले श्रम मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै भने, ‘हामी सबै जनताका सेवक हौँ । जनताको सेवाका लागि जस्तो समस्या परे पनि एक ठाउँमा उभिएर काम गर्नुपर्छ । हाम्रो कर्तव्य पनि त्यही हो ।’

राजनीति एउटा माग परिवर्तन गर्ने सामग्री हो । तर, सरकार भनेको जनता हो । त्यही भएर जनताप्रति जवाफदेहिता हुनुपर्ने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस