Thursday, May 02, 2024 | २०८१ बैशाख २० बिहीबार

ताजा अपडेट

   

सेरामा बालविवाह विरुद्ध म बोल्छु रेडियो बहस सम्पन्न

पबित्रा खड्का । 

कमलबजार । अछामको कमलबजार नगरपालिका वडा नं ७ सेरामा बालविवाहका विरुद्ध म बोल्छु बिषयक एक दिने रेडियो बहस कार्यक्रम सम्पन्न भएको छ । 

वडा सदस्य बल बहादर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती मनाकामना माध्यामिक बिद्यालयका प्रधानाध्यापक हेमन्त खतीवडा रहनु भएको थियो । 

अन्य अथितीमा कार्यपालिकाका सदस्यहरु वडा सदस्यहरु विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख डम्बरा साँउद, ईलाका प्रहरी कार्यालयका प्रमुख वीरेन्द्र सिहं जोहारी, रेडियो कमलबजारका प्रमुख पबित्रा खड्का लगायतको उपस्थीति रहेको थियो । 

दलित महिला बिद्यार्थीहरुको समेत  उपस्थिति रहेको कार्यक्रमको संचालन सामुदायिक मनोसामाजिक कार्यक्रता संयोजक कल्पना देबकोटाले र्गनु भएको थियो । साथै उक्त कार्यक्रममा म वालविवाह गर्दिन म बालविवाह गरेको सहन्न अरु कसैले गरेको देखेमा पनि चुप लागेर बस्दिन भन्ने विषयमा प्रतिबद्धता तथा हस्ताक्षर संकलन समेत गरिएको थियो ।

कार्यक्रमको प्रशिक्षण इलाका प्रहरी कार्यालयका प्रमुख वीरेन्द्र जोहारीले दिनु भएको हो ।

प्रतिकृया दिनुहोस