Sunday, September 15, 2024 | २०८१ भदौ ३० आइतबार

ताजा अपडेट

   

ब्रम कुमारी ईश्वरिय विश्व विद्यालय मंगलसेनले गर्यो तिजको शुभकामना आदानप्रदान

मंगलसेन- तिज नजिकिदै गर्दा अछाममा तिज विशेष कार्यक्रमहरु धमाधम हुन थालेका छन् । स्थानीय तह लगायत विभिन्न संघसंस्था, संगठन, समुह तथा महिलाहरुले आपसमा मिलेर तिज विशेष सांस्कृतिक कार्यक्रम, शुभकामना आदानप्रदान, जनचेतनामुलक बहस, प्रतिस्पर्धात्मक कार्यक्रमहरु गरिरहेका हुन् ।

यसबिचमा शनिवार मंगलसेनस्थित ब्रम कुमारी ईश्वरिय विश्व विद्यालयको आयोजनामा हरितालिका तिजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । ब्रम कुमारी ईश्वरिय विश्व विद्यालय डोटीका संचालक जानकी भाट क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति अछामका उपप्रमुख दानमती शाहीको प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रमको विशिष्ट अतिथी मंगलसेन नगरपालिकाका उप प्रमुख संगीता रावल सोडारी, बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष बिन्दु रावल रहनुभएको थियो । यस्तै कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशिल अग्रज महिलाहरुहित अन्य स्थानीयहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै उपस्थित अतिथिहरुले तिजको शुभकामना दिदै तिजलाई साधारण र सरल तरिकाले मनाउनु पर्नेमा जोड दिएका छन् । समयसंगै अहिलेको पुस्ताले तिज मनाउने तौरतरिकामा परिवर्तन देखिएको भएपनि मौलिकतालाई भने छोड्न नहुनेमा उनिहरुको जोड थियो । यस्तै वर्षमा एकपटक आउने चाडमा महिलाने गर्ने रमाइलो र जमघटलाई भट्कीलो भन्न थालिएको भन्दै यस्ता भ्रमहरु चिर्न पनि तिजलाई सरल र साधारण तरिकाले मनाउनुपर्ने उनीहरुको भनाई छ ।

कार्यक्रममा ब्रमकुमारी ईश्वरिय विश्व विद्यालय दिपायल डोटिका प्रमुख क्षत्रिले तिजको महत्व, अर्थ र इतिहासका बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा तिजको मौलिक डेउडा गितमा नृत्य गरिनुका थियो । कार्यक्रमको संचालन ब्रम कुमारी ईश्वरिय विश्व विद्यालय मंगलसेनका संचालक कबिता कठायतले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस