Sunday, September 15, 2024 | २०८१ भदौ ३० आइतबार

ताजा अपडेट

   

कर्णालीमा भेटिएको शवको पहिचान खुल्यो

मंगलसेन । अछामको तुर्माखाँद गाउँपालिका–४ जंगलघाट स्थित कर्णाली नदीमा भेटिएको शवको पहिचान खुलेको छ । मृतक दैलेख जिल्ला डुंगेश्वर गाउँपालिका–२ लाकुरीका बलबहादुर गाहामगर भएको पहिचान खुलेको हो । 
यही भदौ ५ गते साँझ करिब साढे ६ बजेतिर कर्णाली नदी स्थित अछाम र सुर्खेत जोड्ने जंगलघाट झोलुङ्गेपुल नजिक उनको शव भेटिएको थियो । स्थानीयको सहयोगमा अछाम प्रहरीले गाहामगरको शव नदी किनारबाट निकालेर जिल्ला अस्पताल मंगलसेनको शव गृहमा राखेर अनुसन्धान थालेको थियो । 
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीका अनुसार छिमेकि जिल्लाका प्रहरी युनिटहरु सँगको समन्वयका क्रममा मृतकका आफन्त सम्पर्क आएर शवको पहिचान गरेका हुन् । मृतक गाहामगर यही भर्दौ ३ गते माछा मार्ने क्रममा दैलेखको डुंगेश्वर स्थित लोहोरे खोलाले बगाएर बेपत्ता भएका थिए । 
कर्णाली नदीमा मिसिएको लोहोरे खोलामा बेपत्ता भएका उनको शव जंगलघाट स्थित कर्णाली नदि किनारमा तैरिएको अवस्थामा भेटिएको थियो । उनी बेपत्ता भएको पाँच दिनपछि मृतकका छोराहरुले अछाम पुगेर शवको पहिचान गरे पश्चात पोस्टमार्टम गरेर शव आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।    

प्रतिकृया दिनुहोस