ऋषिदहमा टोल विकास समिति गठन
मंगलसेन । अछामको मेल्लेख गाउँपालिका–१ ऋषिदहमा टोल विकास समिति गठन भएको छ । स्थानीय भीमबहादुर कामीको अध्यक्षतामा समिति गठन गरिएको हो ।
वडा नम्बर १ का वडाध्यक्ष दिलबहादुर धामीको अध्यक्षतामा भएको एक भेला मार्फत नागरिक सहभागिता सहित टोलको विकासका लागि सात सदस्यीय समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा काले बिक, सचिवमा धना कुमारी रोकय, कोषाध्यक्ष कौसी देबी बिष्ट तथा सदस्यहरुमा बिष्ना देबी ढोली, धन बिष्ट र धौली विश्वकर्मा रहेका छन् ।
यो समितिमा ऋषिदहका सबै ८५ घरधुरी अन्तरगर्त एक घरबाट एकजना सदस्य रहने छन् । प्रत्येक सदस्यले टोलको विकास र समृद्धिका विषयमा वडा तथा गाउँपालिका र अन्य आवश्यक निकायमा आवाज उठाउने निर्णय समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस