Sunday, January 05, 2025 | २०८१ पौष २१ आइतबार

अछाममा बोयलर कुखुराको मासु खाँदा एक जनाको मृत्यु, तिन जना गम्भिर बिरामी

पुजा शाही, अछाम । अछाममा बोयलर कुखुराको मासु खाँदा एक जनाको मृत्यु भएको छ । तिन जना गम्भीर बिरामी परेका छन् ।

जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ३ बयलाका तुलासिंह बि.कका १५ वर्षिय छोरा कमल बिकको बोयलर कुखुराको मासु खाँदा आईतवार मृत्यु भएको अछाम प्रहरीले जनाएको छ ।

विहान घरमा ल्याएको बोयलर कुखुराको मासु खाएर कमलको मृत्यु भएको हो भने ७० वर्षीया नाम बिक, अन्दाजी १४ वर्षिय सीता बि.क र ९ वर्षिय बिकास बि.क गम्भिर बिरामी भएका छन् । बिरामी तिनै जनालाई थप उपचारको लागि जिल्ला अस्पताल मंगलसेन ल्याएर उपचार भइरहेको छ भने उनीहरुको अवस्था मध्यम रहेको जनाईएको छ ।

मासु खाँदा के कारणले मृत्यु भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।

त्यसका लागि मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल मंगलसेनमा ल्याईएको छ ।

घटनाबारे अस्थायी प्रहरी पोष्ट बेल्खेतमा जानकारी आउना साथ प्रहरी सहायक निरिक्षक भुमि बहादुर कामीको कमाण्डमा २ जनाको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक जय पार्कीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । 

प्रतिकृया दिनुहोस