लागुपदार्थ दुर्व्यसन विरुद्ध र आत्महत्या निरुत्साहनका विषयमा सोडषादेवि माविका विद्यार्थीसंग सचेतनामुलक छलफल
मंगलसेन- लागुपदार्थ दुर्व्यसन विरुद्ध र मानसिक स्वास्थ प्रर्वद्धन तथा आत्महत्या निरुत्साहन सम्बन्धि विधार्थिहरुसंग सचेतनामुलक छलफल कार्यक्रम मंगलसेनमा मंगलबार सम्पन्न भएको छ ।
सामाजिक विकास कार्यालय अछामको आयोजना र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा मंगलसेनको सोडषा देवि माध्यमिक विद्यालयका विद्यार्थीहरुसंग सचेतनामुलक कार्यक्रम गरिएको हो ।
सामाजिक विकास कार्यालय अछामका कार्यालय प्रमुख डम्बर बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत सन्तोष बिक रहनुभएको थियो । उहाँले व्यानर बाचनसहित कार्यक्रमको उद्घाटन गर्नुभएको हो भने कार्यक्रमको औचित्यमाथी सामाजिक विकास कार्यालय प्रमुख रावलले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत बिकले लागू पदार्थ दुर्व्यसनका बारेमा विद्यार्थीहरुलाई जानकारी गराउदै किशोरावस्थामा विभिन्न कारणले यसको कुलतमा फस्न सक्ने अधिक सम्भावना रहने भएकाले त्यसबाट सचेत रहन जरुरी रहेको बताउनुभयो ।
लागुपदार्थको पहिचान, यसको कुलतमा फस्नुका कारण, यसले व्यक्ति, उसको स्वास्थ, समाज र सिङ्गो रास्ट्रमै पार्ने असर तथा यसबाट बच्ने उपायबारे प्रस्तुति राख्दै उहाँले सबैभन्दा बढी साथीहरुको दबाबमा यसको प्रयोगमा धेरै युवा युवती फस्ने गरेको पाईएको बताउनुभयो । त्यस्तै प्रयोगकर्तामध्ये १५ बर्षदेखि १९ र १९ बर्षदेखि २४ बर्ष उमेर समुहका किशोर किशोरीको सख्या उच्च रहेको बताउनुभयो ।
सचेतनामुलक छलफल कार्यक्रममा आत्महत्या निरुत्साहनका बारेमा सहभागि विधार्थिलाई जानकारी गराउदै जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक जय पार्कीले जिबनको महत्व बुझ्न आग्रह गर्नुभयो । पछिल्लो समय आत्महत्याको दर डरलाग्दो अवस्थामा देखिएको भन्दै उहाँले समयमै आत्महत्या गर्न सक्ने मानिसको व्यवहार पहिचान गर्न सके सम्भावित घटना रोक्न सकिने बताउनुभयो ।
यस्तै बालविवाह, यौन हिंसा, घरेलु हिंसा गरिबी जस्ता कारणले आत्महत्या हुने गरेको भन्दै पहिला आफू सक्षम भएर मात्रै बिबाह गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सोडषादेवी माविका प्रधानाध्यापक वृकेश सिं बोगटी लगायत विधालयका शिक्षकहरुको पनि उपस्तिथि रहेको थियो । जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा बिनोदराज खनालले संचालन गर्नुभएको कार्यक्रममा बिधालयका करिब ९० जना बढी विद्यार्थीको सहभागीता रहेको थियो ।
सामाजिक बिकास कार्यालयले पछील्लो समय मंगलसेन नगरपालिकाका विभिन्न बिधालयहरुमा विद्यार्थीहरुसंग यस्तै सचेतनामुलक कार्यक्रम गरिरहेको छ ।
प्रतिकृया दिनुहोस