Saturday, April 26, 2025 | २०८२ बैशाख १३ शनिबार

वैवाहिक वार्षिकोत्सवमा शैक्षिक सामग्री वितरण 

जोराघाट । डोटीमा एक जोडीले आफ्नो विवाहको वार्षिकोत्सवको अवसरमा २२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् । 

विवाहको एक वर्ष पुगेको उपलक्ष्यमा बोगटान फुड्सिल गाउँपालिका–४ जोराघाटका सिताराम बिनाडी र उहाँकी श्रीमति कल्पना भट्टले शैक्षिक सामग्री वितरण गर्नु भएको हो । 

सरस्वती पुजाको अवसरमा जोराघाट माबिमा एक समारोहको आयोजना गरी त्यहाँका गरिब, जेहन्दार, दलित, अनुसाशित तथा लगनशील २२ जना विद्यार्थीलाई शैक्षिक सामग्री दिइएको थियो । बिनाडी दर्जाकोट माविमा लेखापाल हुनुहुन्छ । 

वडा नम्बर ४ का वडा सदस्य चित्र बहादुर सिंहको अध्यक्षतामा भएको शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रतन सिंह कामी, सदस्य धारु देबी बिनाडी, ईन्जिनियर मदनराज जोसी, समाजसेवी नवराज बिनाडी लगायतको उपस्थिति रहेको थियो । 

उक्त कार्यक्रमा विद्यालयका प्रधानाध्यापक लोकराज बिनाडीले गरिब र जेहन्दार विद्यार्थीको हौसलाका लागि गरिएको यो कामप्रति धन्यवाद दिनुभयो । उहाँले आफु पढेको विद्यालय प्रति माया गरेर बिनाडी दम्पतिले गरेको कार्यको प्रशंसा समेत गर्नुभयो ।  

 शिक्षक दिपक ओझाका अनुसार सरस्वती पुजाको अवसरमा विद्यालयमा अन्य साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो । 
 

प्रतिकृया दिनुहोस