देउसी–भैलोबाट साढे तीन लाख रुपैयाँ संकलन
अछामको चौरपाटी गाउँपालिका(१ स्थित परिवर्तनशिल युवा क्लबले देउसी–भैलोबाट साढे तीन लाख रुपैयाँ संकलन गरेको छ ।
मटेना टोलमा गठित सो क्लब र देवीस्थान आधारभूत विद्यालयले संयुक्त रुपमा खेलेको देउसी–भैलोबाट ३ लाख ५२ हजार ३६५ रुपैयाँ संकलन गरेको हो । लक्ष्मी पूजाको दिनदेखि संयुक्त रुपमा देउसी–भैलो खेलिएको क्लबले जनाएको छ ।
करिब पाँच दिनसम्म खेलिएको देउसी–भैलोबाट सो रुपैयाँ संकलन गरिएको हो । सो क्लब र विद्यालयले खेलेका सो भैलो पालिकामै उत्कृष्ट रहेको दाबी समेत गरिएको छ ।
हरेक वर्ष सो क्लबले देउसी–भैलोबाट लाखौँ रुपैयाँ संकलन गर्दै आएको छ । यस पटक पनि भैलोलाई निरन्तरता दिँदै क्लबले वडा नम्बर १ भित्रैका विभिन्न टोलमा भैलो मागेको थियो ।
सो क्लबले विद्यालयलाई प्रत्यक्ष रुपमा आर्थिक सहयोग गरिरहेको छ भने सामाजिक कार्य पनि गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस