Sunday, September 15, 2024 | २०८१ भदौ ३० आइतबार

ताजा अपडेट

   

अछाममा जिप दुर्घटना : एकै पालिकाका ७ विद्यार्थीसहित ८ जना घाईते

अछाम- अछाममा जिप दुर्घटना हुदा ८ जना घाईते भएका छन् । साँफेबगर नगरपालिका वडा नम्बर ८ चण्डिका बयलपाटामा भएको जिप दुर्घटनामा एक जना मध्यम घाईते तथा अन्य ७ जना सामान्य घाईते भएका हुन् ।

आज दीउँसो साँफेबगरबाट मंगलसेनतर्फ आउदै गरेको सुदुरपश्चिम प्रदेश ०१००१ ज १२३८ नम्बरको जिप मध्यपहाडी राजमार्गको बयालपाटा मोटेनामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाईते हुनेमा चौरपाटी गाउँपालिका १ की १९ वर्षिया कल्पना थापा, सोही ठाउँकी १९ वर्षीया देवकी थापा, १८ वर्षीया लक्ष्मी साउँद, चौरपाटी २ का २९ वर्षिय लोकेन्द्र बहादुर साउँद, सोही ठाउँकी १८ वर्षिया तुलसी साउद, १८ वर्षीय प्रेम साउँद र १८ वर्षीया प्रति साउँद रहेका छन् ।

यस्तै दुर्घटनामा साँफेबगर नगरपालिका वडा नम्बर ४ की १७ वर्षिया पुजा सुनार पनि घाईते भएकी छीन् । घाईतेहरुमध्ये चौरपाटी २ की तुल्सी साउँदको अवस्था मध्यम छ भने बाँकीको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । घाईतेहरुको बयलपाटा अस्पतालमा उपचार भईरहेको छ ।

तिब्र गतिमा रहेको जिप बिपरित दिशाबाट गईरहेको मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भएर नालिमा खस्न पुगेको बताईएको छ । जिप नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको जिल्ला सम्मेलनमा सहभागी हुने विद्यार्थी लिएर मंगलसेनतर्फ आउदै गरेको थियो ।

जीपमा चौरपाटी गाउँपालिकाका बिधार्थीहरु रहेका थिए । 

प्रतिकृया दिनुहोस