Thursday, May 02, 2024 | २०८१ बैशाख २० बिहीबार

ताजा अपडेट

   

नागरिकहरु असन्तुष्ट रहेका बेला बिकासका लागि मिशन ८४ पर्खन हुँदैन : महामन्त्री शर्मा

मंगलसेन - नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले अछाम विकास निर्माणमा पहिले भन्दा धेरै अगाडी देखिएको बताउनु भएको छ । सोमबार आज मंगलसेनमा आयोजित नेपाली कांग्रेस अछामको प्रथम जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बोल्दै महामन्त्री शर्माले यस्तो बताउनु भएको हो ।

२०४६ पहिले गाडि हिड्ने बाटोसमेत नभएको अछाममा अहिले सडक, पुल, बिजुली, बिधालय, क्याम्पस, अस्पताल, खानेपानी लगायत अन्य कुराहरुमा बिकास भएको उल्लेख गर्नुभयो । उहाँले यसैगरी देश बनाउनका लागि सबै पक्षहरु जोस जाँगरका साथ अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

राष्टिय स्वतन्त्र पार्टी रास्वपा र नेकपा एमालेप्रति ईंगित गर्दै महामन्त्री शर्माले नेपाली काँग्रेस भने मिसन ८४ को घोषणामा नभएको दाबि गर्नुभयो । जनताका अवश्यकता  र बिकास निर्माणमा भईरहेका ढिलासुस्ती लगाएतका समस्या समाधानतिर लाग्नुपर्ने भन्दै मंगलसेन दरवारको निर्माण अहिलेसम्म पनि पूरा हुन सकेन भनेर जनताले प्रश्न गरिरहेकाले मिसन ८४ पर्खिन नहुने उहाँको भनाई छ । ४ लाख युवा प्रत्येक बर्ष श्रमबजारमा प्रवेश गर्ने गरेको भन्दै यो युवा शक्तिलाई आफ्नै देशमा रोजगारी सिर्जना गरि उनीहरुलाई परिचालन गर्न आवश्यक रहेको बताउनुभयो ।

नेपाल पहिलेको भन्दा धेरै कुरामा अघि बढेको भन्दै संरचना निर्माणदेखि संविधान बनाउने सम्मको काम नेपाली काँग्रेसले गरेको उहाँको दाबी छ । आगामि दिनमा पनि बलियो, बदलिएको काँग्रेस र बदलिदो नेपाल बनाउने मनोबिज्ञानका साथ पार्टी अघि बढेको उहाँको भनाई छ ।

सम्मेलनमा अछाम क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाहले बार्षिक कार्य योजना प्रस्तुत गर्नु भएको थियो । मंगलसेनको खुल्लामञ्चमा आयोजित सभामा जिल्लास्थित नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु र आस्थावान सर्वसाधारणहरुको उपस्थिती रहेको थियो । 

प्रतिकृया दिनुहोस