Sunday, February 02, 2025 | २०८१ माघ २० आइतबार

ताजा अपडेट

   

काठमाडौं महानगरले अछामको ढकारी गाउँपालिकालाई एम्बुलेन्स दिने 

मंगलसेन - अछामकाे ढकारी गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले एम्बुलेन्स उपलब्ध गराउने भएको छ ।

महानगरले असोज ४ गते ३५ वटा एम्वुलेन्स वितरण गर्नका लागि देशभरका ईच्छुक स्थानिय तहलाई विवरण माग गरेको थियो । सोहि सुचनाका आधारमा ढकारी गाउँपालिकाले तोकिएको मापदण्ड अनुसार विवरण उपलब्ध गराई महानगरसंग एम्बुलेन्स माग गरेकाले महानगरले ढकारी गाउँपालिकालाई छनोट गर्दै एम्बुलेन्स दिने भएको जनाएको छ ।

मंसिर १५ गतेकाे निर्णय अनुसार महानगरपालिकाले ढकारी गाउँपालिकालाई पत्राचार गर्दै एम्बुलेन्स प्राप्त गर्न राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ बमोजिमको प्रक्रिया अपनाउदै ऐम्बुलेन्स दिन महानगरले पत्राचार गरेको हो ।

सोहि निर्देशिकाको ख बर्गको एम्बुलेन्स प्राप्त गर्न सोहि निर्देशिकाको दफा ५ अनुसार सम्पुणर् प्रक्रिया पुरा गरि जिल्ला। प्रदेश र राष्ट्रिय ऐम्बुलेन्स व्यवस्थापन समितिबाट ऐम्बुलेन्स सञ्चालन अनुमति लिनुपर्ने महानगरको पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै सो निर्देशिकाको दफा १३ बमोजिम ऐम्बुलेन्स लिन सबै प्रक्रिया पुरा राजस्व छुट पत्र प्राप्त भएपछि माघ मासान्तसम्म महानगरले ऐम्बुलेन्स उपलब्ध गराउने जनाएको छ ।

प्रतिकृया दिनुहोस