Thursday, April 25, 2024 | २०८१ बैशाख १३ बिहीबार

ताजा अपडेट

   

कोरोनापछिको पर्यटन

भरपर्दो सेवाजन्य उद्योगका रूपमा विगत लामो समयदेखि पर्यटन क्षेत्रले छाप छोड्न सकेको छ । विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जनाका हिसाबले पर्यटन क्षेत्रको योगदान उल्लेख्य छ । सहरदेखि दूरदराजका बस्तीसम्म पर्यटन र पर्यटकीय वातावरण विस्तार हुन सके पर्यटन उद्योगलाई आर्थिक सबलीकरण तथा रोजगारीको भरपर्दो व्यवसायका रूपमा विकास गर्न सकिन्छ । यस उद्योगलाई प्रमुख उद्योगका रूपमा संस्थागत विकासका लागि सरकारले चालेका नीतिगत कार्यक्रममा थप पृष्ठपोषण र सहकार्य आवश्यक छ, जसमा निजी तथा सार्वजनिक क्षेत्रको सक्रियता र सहकार्यले महत्व राख्छ ।  

सरकारले यस वर्षको नीति तथा कार्यक्रममा पनि पर्यटन क्षेत्रलाई महŒव दिएर यसको दीर्घकालीन विकासका लागि साझेदारी विकासका अवधारणालाई अघि सारेको छ । यसै सन्दर्भमा विश्व कीर्तिमानी पर्वतारोही हिमचितुवाका उपनामले परिचित आरोही आङ्रिता शेर्पाको ७२ वर्षको उमेरमा केही दिनअघि भएको निधनले पर्यटन र पर्वतारोहण क्षेत्रमा अपुरणीय क्षति पु¥याएको छ । उनले पर्वतारोहणका क्षेत्रमा पु¥याएको योगदान नेपालको पर्यटन तथा हिमाल आरोहणका इतिहासमा स्वर्णिम रहनेछ ।  

कारोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीको चपेटामा विश्वका विकसित तथा विकासोन्मुख कुनै पनि मुलुक अछुत रहेका छैनन् । यस महामारीले विश्वको अर्थ व्यवस्था थिलथिलो बनाएको छ । यसले सबैभन्दा आक्रान्त बनाएको क्षेत्रमध्ये पर्यटन अग्र स्थानमा पर्छ । यसैबीच, कोरोना महामारीको पहिलो चरणको चपेटामा परेका पश्चिम युरोपका मुलुकले बिस्तारै पर्यटन क्षेत्रमा पुनरागनको संकेत दिएका छन् । इटली, फ्रान्स, स्पेन लगायत मुलुकमा बिस्तारै पर्यटकको आगमन र पर्यटकीय गतिविधि सञ्चालनमा आएका छन् । अवश्य पनि यो केही सुखद् पक्ष हुन सक्छ ।  

पर्यटकीय गाउँहरूमा जनताकै घर–आँगनमा आतिथ्य सत्कारलाई आकर्षक प्याकेजका साथ पस्कन जरुरी छ, स्थानीय मौलिक संस्कृति र वेशभूषा झल्कने नाचगानदेखि स्थानीय परिकारको स्वादले आतिथ्यतामा निखारता दिन सकिन्छ ।

यस्तै इजिप्ट, कतार, युएई लगायत खाडी मुलुकमा पनि पर्यटकीय चहलपहल उठानको अवस्थामा छ । खेल पर्यटनको शृंखलामा इन्डियन प्रिमियर लिग (आइपिएल)को नयाँ संस्करण युएईमा सञ्चालन हुनु सुखद् विषयका रूपमा छ । यसैगरी युरोपका विभिन्न देशका महत्वपूर्ण लिग (इंग्लिस प्रिमियर लिग, ला लिगा, सिरिया ए, फ्रेन्च लिग, वुन्डेस लिग आदि) सुचारु भइसकेका छन् । यसले निकै हदसम्म खेल पर्यटनको निरन्तरतामा उत्साह थपेको छ । भलै हाललाई स्टेडियममा दर्शकको उपस्थितिविना खेल सञ्चालन भए पनि खेलाडीको राष्ट्रियताका आधारमा विश्वका सातै महादेशका उत्कृष्ट खेलाडीको जमघटको थलोका रूपमा प्रतीकात्मकता देख्न सकिन्छ ।  

कोभिड—१९ र नेपालको पर्यटन क्षेत्रमा परेको प्रभाव चासोको विषयका रूपमा छ । झन्डै चार महिनाभन्दा बढीको बन्दाबन्दी, आर्थिक क्रियाकलापको शिथिलता, व्यावसायिक चहलपहलको न्यून चलायमानका बीच आर्थिक तथा व्यावसायिक क्षेत्रका विसंगति र समस्यामा केही सुधारका संकेत देखिन थालेको आभास हुन्छ । तर मुलुकको आर्थिक क्रियाकलापमा उत्साहजनक पुनरागमन हुन अझै केही महिना कुर्नु नै छ । यो बीचमा पर्यटनका प्रमुख क्षेत्र होटल, ट्राभल तथा ट्रेकिङ, रेस्टुरेन्ट व्यवसाय, पर्यटकीय सेवा क्षेत्र तथा हवाई उड्डयन क्षेत्र ठप्प नै थियो । होटल तथा पर्यटन सेवा क्षेत्रको अर्बौं लगानी जोखिममा रहेको अवस्थामा सरकारको केही महिना अघिको बजेटमा राहतका कार्यक्रम भए पनि कार्यान्वयनमा जागरुकता आउन सकेको छैन । यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण आवश्यक छ । पर्यटन क्षेत्रको पुनरुत्थान र पुनरागमनका ठोस तथा प्रभावकारी कार्यक्रम र प्याकेजको सान्दर्भिकतालाई आत्मसात गरी आगामी वर्ष २०२१ लाई गतिशील पर्यटकीय वर्षका रूपमा रूपान्तरण गर्ने दिशामा अघि बढ्नुपर्छ ।  

केही समयअघिको सरकारको निर्णय अनुसार गत असोज ५ गतेदेखि आन्तरिक हवाईसेवा सञ्चालनमा आइसकेको छ । आन्तरिक व्यावसायिक उडानको थालनीसँगै पर्यटकीय गतिविधिमा हलचल ल्याउन सक्ने देखिन्छ । बिस्तारै विदेशी पर्यटक आवगमन सहज बन्दै गए समग्र पर्यटन क्षेत्रमा पुनर्जागरण आउने आशा गर्न सकिन्छ । आवश्यक छ त प्रतिबद्धता र ठोस कार्यक्रम कार्यान्वयनको थालनी ।  

अबको कार्यगत आवश्यकता भनेको ‘सबै समय सबै याम पर्यटन सेवा’ मान्यताका आधारमा पर्यटन प्रवद्र्धन र पर्यटकीय सेवाको कार्यकलाप अझ विस्तार गर्नु हो । पर्यटन प्रवद्र्धन र समयानुकूल विकासका सवालमा विभिन्न मुलुकमा भए गरिएका प्रयासलाई उदाहरणीय कार्यका रूपमा लिने बानीको थालनी हामीले कहिले गर्ने ? उदाहरणका रूपमा सन् ८० को दशकमा दुई दशकभन्दा बढी गृहयुद्धको भयावह अवस्थाबाट गुज्रिएको कम्बोडियाले पर्यटन क्षेत्रमा आश्चर्यजनक संख्यात्मक र गुणात्मक विकासले फड्को मारेको छ । हालका समयमा कम्बोडियामा प्रतिवर्ष ५० लाख (कोभिड—१९ भन्दा अघिको अवस्था) विदेशी पर्यटकले भ्रमण गर्ने तथा ती पर्यटकको कुशलतापूर्वक आतिथ्यता प्रदान गर्न सकेको छ । यसका साथै पर्यटन गन्तव्यका दृष्टिकोणले निकै फड्को मारिसकेका दक्षिणपूर्वी एसियाली मुलुकहरू थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया तथा सिंगापुरमा पर्यटन विकासले उत्कटता हासिल गर्न सकेको छ ।  

एकीकृत ग्रामीण पर्यटन विकासका कार्यक्रमलाई समन्वयात्मक ढंगबाट अघि बढाउने दिशामा ठोस पहल गरिनु सान्दर्भिक रहला । ग्रामीण पर्यटन प्रवद्र्धन तथा कृषि उत्पादन र कृषिजन्य उद्यमशीलता विकासका कार्यक्रमलाई साथसाथ अघि बढाऊँ । पछिल्लो समयमा ग्रामीण पर्यटनको विकास र विस्तारले केही संस्थागत पाइला चालेको छ, यसको प्रवद्र्धनका लागि अझ प्रभावकारी पर्यटकमैत्री वातावरण निर्माणका दिशामा पहलकदमी आवश्यक छ ।  

पर्यटकीय गाउँहरूमा जनताकै घर–आँगनमा आतिथ्य सत्कारलाई आकर्षक प्याकेजका साथ पस्कन जरुरी छ, स्थानीय मौलिक संस्कृति र वेशभूषा झल्कने नाचगानदेखि स्थानीय परिकारको स्वादले आतिथ्यतामा निखारता दिन सकिन्छ । ग्रामीण पर्यटन प्रवद्र्धन र घरबास पर्यटनका दृष्टिकोणले दक्षिण एसियाकै नमुना लमजुङको घलेगाउँ, स्याङ्जाको सिरुबारी, म्याग्दीको पुनहिल लगायत क्षेत्रमा विकास र प्रवद्र्धनका आयामलाई अझ फराकिलो गर्न सके राम्रो हुने थियो ।  

विश्वव्यापी कोरोना महामारीको चपेटाबाट गुज्रिरहेको नेपालको पर्यटन क्षेत्रको नवप्रवद्र्धन र पुनः उत्थानका लागि हाम्रो साझा प्रयास विकेन्द्रित हुनुपर्छ । देशको राजनीतिक प्रणाली संघीय ढाँचामा गइसकेको सन्दर्भमा प्रदेश तथा स्थानीय सरकारले पनि आफ्नो भौगोलिक क्षेत्राधिकारको भूगोलको विकाससँगै पर्यटन विकासको योजना र नीतिगत कार्यक्रम ल्याउनुपर्छ ।  
(लेखक : मनोहर कार्कीमानवशास्त्री तथा अधिवक्ता हुन् ।)

प्रतिकृया दिनुहोस