Thursday, May 02, 2024 | २०८१ बैशाख २० बिहीबार

ताजा अपडेट

   

साइकलबाटै 'टुर दी ठाकुरद्धारा' (फोटो फिचर)

तस्वीरहरू : निशु जाेशी

 'टुर दि ठाकुरद्वारा'को चौथो संस्करण शुक्रवारबाट शुरु भएको छ ।

नेपालगञ्जको बागेश्वरी मन्दिरबाट शुरु भएको साइकल यात्रा नेपालगञ्ज बजार परिक्रमा गरि जानकी, खजुरा, बर्दियाको बढैयाताल, बासगढी, कतर्निया, भुरिगाँउ हुँदै ८० किलोमिटरको साइकल यात्रा पुरा गरि ठाकुरद्वारा पुगेको छ ।

नेपालगञ्ज साइक्लिङ क्लबले आयोजना गरेको टुर दि ठाकुरद्वारामा २ सय बढी साइक्लिष्टहरुले सहभागिता जनाएको आयोजक क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिनुभयो ।

बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने र साइकल संस्कृति बढाउने उद्देश्यले संस्कृति, प्रकृति, पर्यटन र खेलकुद भन्ने मुल नारासहित टुर दि ठाकुरद्वारा आयोजना गरिएको हो ।

 

प्रतिकृया दिनुहोस