Thursday, May 02, 2024 | २०८१ बैशाख २० बिहीबार

ताजा अपडेट

   

मेल्लेखमा मुल्य श्रृंखला सम्बन्धि एकदिने कार्यशाला सम्पन्न 

मेल्लेखमा आयोजित मुल्य श्रृंखला कार्यशालाका सहभागिहरु

अछाम : मेल्लेखमा मुल्य श्रृंखला सम्बन्धि एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । वाक नेपाल उत्थानशिल जिबिकोपार्जन तथा पोषण परियोजना अन्तर्गत भएको कार्यशालाका सहभागीहरुले कृषि उत्पादनलाई व्यावसायिकरणगरी आयआर्जन बढाउन र कृषक हरुलाई उत्प्रेरित गर्न स्थानीय सरकार कृषि बिकास शाखा प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका छन ।

यस्तै कृषि उत्पादनबाट रोजगारी सिर्जना गरेर कृषि उत्पादन बजारीकरण र व्यवस्थापनमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बारेमा पनि छलफल गरिएको थियो । मेल्लेख गाउँपालिकालाई कृषि तरकारी पकेट क्षेत्रको लागी सम्भावना बोकेको पालिका भएकाले थप योजना बनाई अघि बढनु पर्ने उनीहरुको भनाई छ । कृषि पेशालाई अधुनिकिकरण गर्दै लगानी बढाउनुपर्नेमा पनि उनीहरुले जोड दिएका छन । मेल्लेख गाउपालिकाका उपाध्यक्ष नृप बहादुर खड्काको अध्यक्षतामा भएको कार्यशालाका प्रमुख अतिथि मेल्लख गाउपालिका अध्यक्ष ज्वालासिंह साउद रहनु भएको थियो ।

अध्यक्ष साउदले कृषि क्षेत्रबाटै मेल्लेखमा रोजगारि सृजना गर्न कृषि क्षेत्रमा लगानी बढाएको बताउनु भयो । संस्थाबाट भए गरेका हरेक क्रियाकलाप परिणाममुखि र विपन्न परिवारको जिबनस्थर माथि उठाउन सहयोग भएको भन्दै थप कार्यक्रम पालिका र जनप्रतिनिधिको समन्वयमा अगाडी लैजान सुझाव राख्नु समेत दिनुभयो । पालिकामा ग्राम उद्योग संचालनमा आएको भन्दै उद्योगसंग जोडेर कृषि व्यावसाय संगै अन्य सीप बिकास तालिम समुह मार्फत उत्पादनमा जोडदिइने उहाँको भनाई छ । कार्यशालामा मुल्य श्रृंखला लेखाजोखा सम्बन्धि वाक नेपाल का कार्यक्रम सयोजक दिलिप बोहराले जनाकारि गराउनु भएको थियो ।

कार्यशालामा परियोजना अधिकृत धिरज ढुङ्गाना, निरन्जना पनेरू लगायत वाक नेपालका सामाजिक परिचालक र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यशालाको संचालन वाक नेपालका सामाजिक परिचालक भुपेन्द्र भण्डारीले गर्नु भएको थियो । 
 

प्रतिकृया दिनुहोस