Thursday, May 02, 2024 | २०८१ बैशाख २० बिहीबार

ताजा अपडेट

   

राष्ट्रिय धान दिवस : अछामको चौरपाटीमा रोपाइ महोत्सव सम्पन्न

गाउँपालिका अध्यक्ष भिमबहादुर साउँद लगायतका सहभागिहरु

अछाम : चौरपाटी गाउँपालिका अछाममा राष्ट्रिय धान दिवस मनाइएको छ । ‘धान बालीमा जैविक विविधता उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मुल नाराका साथ १९ औं धान दिवस तथा रोपाइ महोत्सव २०७९ मनाइएको हो ।

कृषि बिकास शाखाको आयोजनामा गाउँपालिकाको वडा नम्बर ५ को ईन्द्रा बन खेतमा सामुहिक रोपाइ गरेर दिवस मनाइएको हो । रोपाई महोत्सवमा चौरपाटी गाउँपालिकाका अध्यक्ष भिमबहादुर साउँद, उपाध्यक्ष सरदेबी खड्का, वडा नम्बर ५ अध्यक्ष हिउकर्ण खड्का, कार्यपालिका सदस्य भरत बहादुर बिश्वकर्मा, शिक्षा शाखा प्रमुख रामचन्द्र जोशी, प्रहरी चौकी सिउडिका प्रमुख अकबर सिंह धामी लगायतले दिवसको अवसरमा रोपाइ गरेका थिए ।

रोपाई महोत्सवमा सहभागी हुँदै पालिका अध्यक्ष साउदले निर्वाहमुखी कृषिलाई आधुनिक ब्यसायिक कृषि उन्मुख गरिने बताउदै कृषि क्षेत्रको बिकासका लागी गाउँपालिकाले विशेष जोड दिने बताउनुभयो । सो अवसरमा सहभागि स्थानीयले कृषि क्षेत्रको विकासकालागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहने भएकाले त्यसतर्फ गम्भीर हुन सुझाब दिएका थिए । 
 

प्रतिकृया दिनुहोस