Thursday, May 02, 2024 | २०८१ बैशाख २० बिहीबार

ताजा अपडेट

   

अछामको ऋषिदहमा गैसस सहयोग इकाई स्थापना 

अछाम : मेल्लेख गाउँपालिका–२ ऋषिदहमा गैरसरकारी संस्था सहयोग इकाई स्थापना छ । सोही अवसरमा हस्तान्तरण कार्यक्रम पनि गरिएको छ । 
अछामको मेल्लेख गाउँपालिका–२ का वडा अध्यक्ष कुशलराज बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरु, निवर्तमान जनप्रतिनिधिहरु, शिक्षक, समाजसेवी, बुद्धिजीवी तथा वाक नेपाल, आस्था नेपाल र सेवक नेपालका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन वडा सहायक धन बहादुर बुढाले गर्नु भएको थियो । 
सो अवसरमा वाक नेपालको विशेष पहलमा अछामको एउटा दुर्गम ठाउँको वडा सरकारले प्रत्येक संस्थाका अलगअलग टेबुल तथा सुझाव पेटिका सहित वाईफाई, फोटोकपी तथा प्रिन्ट मेशिनको सुविधा दिएर पक्की भवनमा गैरसरकारी संस्था सहयोग इकाई स्थापना गरेकोमा अछाम जिल्ला मै नौलो र प्रसंशनीय कार्य गरेको भन्दै सहभागिहरुले खुसी व्यक्त गरेका छन् । 
कार्यक्रममा सम्पुर्ण गैर सरकारी संस्थाहरुको तर्फबाट बोल्दै वाक नेपालका भुपेन्द्र भण्डारीले भन्नुभयो– ‘हामी संस्थाहरूलाई वडा कार्यालय कै छानामुनि राखेर अभिभावकत्व दिनु भएको छ, इकाई कार्यालय मात्रै नभई हामी संस्थाहरुका लागि वडा कार्यालयले दिएको माया हो, सम्मान हो र बासस्थान हो।’ 
त्यस्तै वडा अध्यक्ष कुशलराज बुढाले गैसस प्रतिनिधिलाई स्वागत गर्दै अब संस्था बाट दिईने सेवा सुविधा समुदायमा कसैलाई काखापाखा नगरी पाउनै पर्नेले पाउने र संस्था तथा वडाले आर्थिक तथा सामाजिक हिसाबमा पनि हातेमालो गरेर अघि बढ्नु पर्ने तथा गैसस सहयोग इकाईले वडा कार्यालय, गैसस र वडाबासीहरुलाई जोड्ने पुलको काम गर्ने भएकोले आफ्नो तर्फ बाट हुने सहयोगमा कुनै पनि कमी हुन नदिने भन्दै सहकार्यका लागि सबै संस्थाहरूलाई धन्यवाद समेत दिनु भएको छ । 
वडा अध्यक्षद्वारा गैसस सहयोग इकाईको बोर्ड उच्चारण गरेर तथा वाक नेपाल, आस्था नेपाल र सेवक नेपालका प्रतिनिधिलाई कार्यालयको साँचो हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरिएको थियो ।

प्रतिकृया दिनुहोस