Thursday, May 02, 2024 | २०८१ बैशाख २० बिहीबार

ताजा अपडेट

   

साक्षरता दिवसको अवसरमा जिल्लाका विभिन्न विद्यालयमा कार्यक्रम सम्पन्न

मंगलसेन - अन्तर्राष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा अछामका विभिन्न विद्यालयमा विभिन्न कार्यक्रम गरिएको छ ।

यसैवीच मंगला नेरा मावि वलिगाउ, कालिका मावि जुपु, अन्नपूर्ण मावि कालगाउ, पार्वती मावि बान्नातोली,मालिका आधारभूत विद्यालय मंगलसेन ६ ठुलासेनमा हाजिरी जवाफ , सांस्कृतिक कार्यक्रम गरिएको छ । मालिका आविमा अन्तरसदनात्मक सांस्कृतिक कार्यक्रम तथा बाल क्लब गठन गरिएको छ ।

विद्यालयमा कक्षा ५ मा अध्ययनरत नबीन ढुंगानाको अध्यक्षतामा १७ सदस्यीय बाल क्लब गठन गरिएको हो । विद्यालय स्तरीय बाल क्लबको उपाध्यक्षमा दिपेन्द्र भण्डारी, सचिवमा झरना जैसी, सहसचिवमा रमिता भण्डारी, कोषध्यक्षमा महादेव भण्डारी लगायतका सदस्य रहेका छन् ।

विद्यालयका प्रधानाध्यापक टेकराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बालक्लबका पदाधिकारी तथा सदस्यलाई विद्यालयका सहायक प्रधानाध्यापक भक्तराज ढुंगानाले अबिर लगाई बधाई दिनुभयो । साथै विदार्थीहरुका प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । विद्यार्थीहरुले आफ्ना गीत, रचना प्रस्तुत गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस