Thursday, May 02, 2024 | २०८१ बैशाख २० बिहीबार

ताजा अपडेट

   

अछाममा एसईई परीक्षा २०७९ मा १.६ देखि २ GPA ल्याउने विद्यार्थीको संख्या सबैभन्दा धेरै

मंगलसेन - राष्ट्रिय परीक्षा बोर्डले बिहिबार सार्वजनिक गरेको एसईईको नतिजा अछाम जिल्लामा सन्तोषजनक देखिएको छ । शिक्षा विकास तथा समन्वय ईकाई अछामका निमित्त ईकाई प्रमुख मदन बिष्टले गत बर्षकोे र यो बर्षको नतीजा उस्ताउस्तै रहेको बताउनुभयो ।

अछाममा एसईई परीक्षा २०७९ को नतिजामा १.६० देखि २ जिपिए अर्थात सि ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीको संख्या सबैभन्दा धेरै रहेको छ । शिक्षा मन्त्रालयले १.२ देखि ४ जिपिएसम्म गरेको स्तरिकृत अंक अनुरुप २ जिपिए अर्थात सि ग्रेडमा १ हजार ५ सय ६८ जना विद्यार्थी उत्तिर्ण भएका छन ।

एसईई परीक्षा २०७९ मा अछाम जिल्लाबाट परिक्षामा सम्मलित ४ हजार ८ सय ७८ विद्यार्थी मध्ये ३.६ देखी ४ जिपिए ल्याउने ९ जना, ३.२ देखी ३.६ जिपिएमा ७१ जना, २.८ दखी ३.२० जिपिएमा २ सय जना, २.४२ दखी २.जिपिएमा ७ सय ४४ जना, २.देखी २.४ जिपिएमा १ हजार ४ सय ६ जना उत्तीर्ण भएका शिक्षा विकास तथा समन्वय ईकाई अछामका निमित्त ईकाई प्रमुख बिष्टले बताउनुभयो ।

त्यसैगरी १.६ देखी २ जिपिएमा १ हजार ५ सय ६ जना, १.२ दखी १.६ जिपिएमा ५ सय ६१ जना र ०.८ देखी १.२ जिपिएमा ४० जना रहेका बिष्टले बताउनुभयो । जिल्लाभरका ४ हजार ८ सय ७८ विद्यार्थीमध्ये १ सय १९ जना अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय ईकाई अछामले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस