Thursday, May 02, 2024 | २०८१ बैशाख २० बिहीबार

ताजा अपडेट

   

कांग्रेस अछामको भोली हुने प्रथम जिल्ला सम्मेलनको तयारी पुरा

महामन्त्री शर्माले उद्घाटन गर्ने

मंगलसेन - नेपाली कांग्रेस अछामले भोली आयोजना गर्न लागेको प्रथम जिल्ला सम्मेलनको तयारी पुरा भएको छ ।

सातौँ जिल्ला अधिबेशन पश्चात पहिलो पटक हुन लागेको प्रथम जिल्ला सम्मेलनको तयारी पुरा भएको कांग्रेस अछामले जनाएको छ । भोली बिहान ११ बजे सुरु हुने सम्मेलनको उद्घाटन कांग्रेस महामन्त्री बिश्वप्रकाश शर्माले गर्ने तय भएको जिल्ला सभापती एवंम प्रतिनिधी सभा क्षेत्र नम्बर २ अछामका सांसद पुष्प बहादुर शाहले बताउनुभयो ।

शाहका अनुसार प्रथम जिल्ला सम्मेलनमा सहभागी हुने महामन्त्री शर्मा आज बेलुका आईपुग्ने र अन्य अतिथि तथा कार्यक्रममा सहभागी हुनेहरु भोली बिहानसम्म मंगलसेन आईपुग्नेछन् । कार्यक्रमका लागि अछामका १० वटै पालिकाबाट कांग्रेस नेता कार्यकर्ताहरुलाई आमन्त्रण गरिएको छ ।

कार्यक्रमका लागि मञ्च व्यवस्थापन, बास बस्नका लागि होटल व्यवस्थापन र ब्यानर तथा गेट निर्माणका काम सकिएका जिल्ला सचिव टक्कर शाहले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस