Thursday, May 02, 2024 | २०८१ बैशाख २० बिहीबार

ताजा अपडेट

   

साँफेबगरमा सम्पन्न पालिका स्तरिय खुल्ला महिला भलिबलको उपाधी कमलबजारलाई

खेलकुदले महिलाहरुको सशक्तिकरणमा मद्धत पुग्ने प्रतिनिधिसभा सदस्य शाहको भनाइ

मंगलसेन  - लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा अछामको साँफेबगरमा आयोजना गरिएको पालिका स्तरिय खुला महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

सम विकास नेपालको आयोजनामा भएको प्रतियोगिताको उपाधि कमलबजार नगरपालिकाले हात पारेको छ । प्रतियोगितामा पञ्चदेवल विनायक नगरपालिका द्धितिय र मेल्लेख गाउँपालिकाले तृतिय स्थान ओगट्न सफल भएका छन् । कुल १२ ओटा टीम सहभागि भएको प्रतयिोगितामा जनशिखा क्याम्पस मेल्लेख चौथो भएको छ ।

प्रतियोगितामा प्रथम स्थान हासिल गरेको कमलबजार नगरपालिकाले १ लाख ५० हजार नगद सहित शिल्ड मेडल र प्रमाण–पत्र, द्वितीय भएको पञ्चदेवल विनायक नगरपालिकाले ८० हजार नगद सहित शिल्ड मेडल र प्रमाण–पत्र हात पारेको छ । यस्तै तृतीय भएको मेल्लेख गाउँपाकिलाले ४० हजार नगद सहित शिल्ड मेडल र प्रमाण–पत्र हात पारेको छ । यस्तै सान्त्वना भएको जनशिखा क्याम्पस मेल्लेखले २० हजार नगद सहित प्रमाण–पत्र हात पारेको छ ।

सम विकास नेपालका अध्यक्ष सत्य स्वारको अध्यक्षतामा भएको भलिबल प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाह रहनु भएको थियो । प्रमुख अतिथि शाहले महिला खेलकुद प्रतियोगिताले सशक्तिकरणमा मद्धत पुग्ने जिकिर गर्नु भएको छ । उहाँले यस्ता प्रतियोगिताको आयोजना अन्य पालिका र विद्यालयबाट पनि सुरुवात गर्नु पर्ने धारणा व्यक्त गर्नु भएको छ ।

समापन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य शाहले यो प्रतियोगिताले महिलाको प्रतिभा खोजिको लागि मद्धत पुगेको बताउनुभयो । यसले महिलाको शारिरीक मानसिक विकाससंगै क्षमता विकासको लागि समेत सहयोग पुग्ने बताउनुभयो । यस्तै भलिबल प्रतियोगिता समापन कार्यक्रममा विशिष्ठ अतिथिको आसनबाट बोल्दै कमलबजार नगरपालिकाका उपप्रमुख शारदा बिष्ट कुँवरले महिला खेलाडीको पहिचाहन गरि महिला सशक्तिकरणमा टेवा पुर्याउन आफु र आफ्नो पालिका लागि परेको बताउनु भएको छ ।

उहाँले महिला खेलाडीहरुको अभाव भई रहेको अवस्थामा महिला खेलाडीहरुलाई प्रोत्साहनका साथै दक्ष महिला खेलाडी उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो । समापन कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि, संघ, संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस