Thursday, May 02, 2024 | २०८१ बैशाख २० बिहीबार

ताजा अपडेट

   

अखिल क्रान्तिकारी अछामको संगठन विस्तार कार्य तिब्र

मंगलसेन - नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तीकारी अछामले संगठन विस्तार कार्यलाई तिब्रता दिएको छ ।

जिल्लामा रहेका विभिन्न माध्यमिक विद्यालयहरुमा संगठन विस्तार कार्यलाई तिब्रता दिएको संगठनले जनाएको छ । आज कमलबजार नगरपालिका वडा नम्बर ६ मा रहेको कालिका माध्यामिक विद्यालयमा विनोद शाहीको अध्यक्षतामा १३ जनाको ईकाई कमीटी गठन गरिएको छ भने कात्यायनि माध्यामिक विद्यालयमा १९ जनाको ईकाई कमीटी गठन गरिएको छ ।

कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा अछामका जिल्ला ईन्चार्ज दिपेन्द्र सि, कमलबजार नगरपालिका ईन्चार्ज निर्मल सि, जिल्ला संगठनका जिल्ला सदस्य भिम सि लगायतका विद्यार्थि नेताहरुको सहभागिता रहेको थियो ।

आगामी माघमा हुने संगठनको राष्ट्रिय सम्मेलनको तयारी स्वरुप संगठन विस्तार गर्ने कार्यलाई तिब्रता दिईएको संगठनका केन्द्रिय सदस्य सिले बताउनुभयो । आफुहरुको अहिलेको प्रमुख उदेश्य भनेको राष्टिय महाधिवेशन सफल पार्नु नै भएको र त्यो संगसंगै शैक्षिक क्षेत्रमा देखिएका सवालहरुका बारेमा समेत आवाज उठाउने गरेको उहाँको भनाई छ ।

प्रतिकृया दिनुहोस