Thursday, May 02, 2024 | २०८१ बैशाख २० बिहीबार

ताजा अपडेट

   

विध्यामन्दिर नमुना माविमा अखिल क्रान्तिकारीका ईकाई कमिटिहरु गठन

अछाम - नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले अछामका विभिन्न ठाउँमा ईकाई कमिटी गठन कार्य तिव्र पारेको छ । सगंठन विस्तार तथा सुदृढीकरण कार्य अन्र्तगत आई्रतबार जिल्लाको पंचदेवल विनायक नगरपालिका वडा नम्बर २ मा रहेको विध्यामन्दिर नमुना माविमा ईकाई कमिटिहरु गठन गरिएको छ ।

विद्यालयको कक्षा ९ र १० मा चक्र प्रसाद न्यौपानेको अध्यक्षतामा २७ सदस्यीय इकाइ कमिटी र कक्षा ११ र १२ मा विनिता न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय इकाइ कमिटी गठन गरिएको हो ।

संगठन विस्तार कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य दिपेन्द्र जैगडिले दुई प्रकारको शिक्षा प्रणालीको अन्त्य नभएसम्म समानताका कुरा गर्न नसक्किने भन्दै बैज्ञानिक समाजवादी शिक्षाका लागि संघर्ष गर्नुपर्ने कुरामा जोड दिनुभएको छ ।

इकाई कमिटी गठन कार्यक्रममा पार्टीका जिल्ला सचीव चट्टान धामी, जिल्ला सदस्य तिलक बिष्ट, कमलबजार नगर इन्चार्ज निर्मल विष्ट, युवा संगठन केन्द्रिय सदस्य कुमार खत्री, अखिल क्रान्तिकारी पुर्वी अछामका जिल्ला संयोजक कमला विष्ट लगायत उपस्थिति रहेको थियोे ।

प्रतिकृया दिनुहोस