Thursday, May 02, 2024 | २०८१ बैशाख २० बिहीबार

ताजा अपडेट

   

 विधा प्रबोधनि मा.वि घोडासेनमा अखिल क्रान्तिकारीको ईकाइ कमिटी गठन

मंगलसेन - नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी अछामको संगठन विस्तार अभियान जारी रहेकोे छ ।

सोही कार्यक्रम अन्तर्गत आज कमलबजार नगरपालिका वडा नम्बर १० घोडासेनमा रहेको विधा प्रबोधनि माध्यमिक विधालयमा दिनेश बिष्टको अध्यक्षतामा २१ सदस्यीय ईकाइ कमिटी गठन गरिएको छ । कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा अछाम जिल्ला इन्चार्ज दिपेन्द्र सिले विधार्थीहरु समाजका सचेत नागरिक भएको भन्दै शैक्षिक क्षेत्रभित्रका विकृतिका विरुद्ध बोल्नुपर्ने बताउनुभयो ।

संगठन विस्तार अभियानमा पार्टीका कमलबजार नगर इन्चार्ज निर्मल सि, युवा संगठन नेपालका केन्द्रिय सदस्य कुमार सि, अखिल क्रान्तिकारी जिल्ला संयोजक कमला सि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस