Thursday, May 02, 2024 | २०८१ बैशाख २० बिहीबार

ताजा अपडेट

   

 राष्ट्रपती रनिङ शिल्डमा तेस्रो दिनसम्म पञ्चदेवल विनायक नगरपालिका शिर्ष स्थानमा

मंगलसेन - अछाममा जारी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेस्रो दिनसम्म पञ्चदेवल विनायक नगरपालिका शिर्ष स्थान कायम रहेको छ ।

पञ्चदेवल विनायक नगरपालिकाले ४ स्वर्ण, २ रजत र ५ कास्य प्राप्त गरेको छ । प्रतियोगितामा दोस्रो भएको साँफेबगर नगरपालिकाले ३ स्वर्ण, ४ रजत र ३ कास्य प्राप्त भएको छ । यस्तै ३ स्वर्ण, ३ रजत र ५ कास्य प्राप्त गरेर मंगलसेन नगरपालिका तेस्रो स्थानमा छ ।

चौरपाटी गाउँपालिकाले ३ स्वर्ण, २ रजत प्राप्त गरेको छ । यस्तै प्रतियोगितामा कमलबजार नगरपालिकाले २ स्वर्ण, १ रजत र ३ कास्य, रामारोशन गाउँपालिकाले १ स्वर्ण, ३ रजत र १ कास्य, मेल्लेखले २ स्वर्ण, २ रजत र ३ कास्य, तुर्माखाँद गाउँपालिकाले १ स्वर्ण, २ रजत र २ कास्य, बान्नीगढी जयगढ गाउँपालिकाले १ स्वर्ण, २ रजत र १ कास्य प्राप्त गरेका खेल प्रशिक्षक कमल बुढाले जानदिनुभयो  ।

ढकारी गाउँपालिकाले भने हालसम्म खाता खोल्न सकेको छैन ।  हालसम्म २० स्वर्ण, २१ रजत र २३ कास्यको छीनोफानो भएको छ । मंगलसेनको बृहत खेल मैदानमा जारी प्रतियोगितामा भलिबल, दौड र कबड्डी लगायतका खेल बाँकी रहेका छन् । 

प्रतिकृया दिनुहोस