Thursday, May 02, 2024 | २०८१ बैशाख २० बिहीबार

ताजा अपडेट

   

छैटौं अन्तराष्ट्रिय शिक्षा दिवसको अबसरमा दर्जाकोट मा.विद्वारा विभिन्न कार्यक्रम सम्पन्न

मंगलसेन - डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ५ स्थित दर्जाकोट माध्यमिक विद्यालयमा छैठौं अन्तराष्ट्रिय शिक्षा दिवसको अबसरमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन ।

ऋभ्ब्म् नेपालको आर्थिक सहयोग तथा दर्जाकोट मा।बिको आयोजनामा र वडा नम्बर ५ धिर्कामाण्डौको समन्वयमा बिभिन्न कार्यक्रम सम्पन्न भएका हुन ।  बिधालय ब्यबस्थापन समिति अध्यक्ष खड्क सिंह बोहराको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष राम बहादुर बोहरा रहनु भएको थियो ।

त्यस्तै बिशिष्ट अतिथिमा जिल्ला समन्वय समिति सदस्य शान्ता भुल रहनु भएको थियो ।विभिन्न कार्यक्रम अन्तरगत बिधालय हाजिर जबाफ र सियो धागो दौड शिक्षिकाहरुको म्यूजिकल चियर र शिक्षक तर्फ रिले दौड भयको थियो भने छात्र तर्फ प्रथम दर्जाकोट माध्यमिक विद्यालय र छात्रा तर्फ प्रथम ओबादेउ आधारभुत बिधालय भयको छ भने अन्तर बिधालय हाजिर जबाफमा ओबादेउ आधारभुत बिधालय प्रथम भयको छन । त्यसैगरी मा।बि स्तरीय निबन्ध लेखन प्रतियोगितामा कबिता बोहरा प्रथम भएको छ ।

साथै चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तृतीय स्थान हासिल गरेको उपलक्षमा बिधालय परिवारले सम्पूर्ण बिधार्थीहरुलाई सम्मान पनि गरिएको छ। शिक्षक दिपेन्द्र बमको स्वागत मन्तव्यबाट सुरु भएको  कार्यक्रममा  सिड नेपाल अध्यक्ष जोशीले आगामी दिनहरुमा अझै यस्ता कार्यक्रममा साथ सहयोग रहने बताउनुभयो ।

यस्तै  सिड नेपाल प्रतिनिधि अनिलकुमार बमले पनि बिभिन्न माध्यमबाट साथ सहयोग गरिरहने प्रतिवद्दता जनाउनुभयो । कार्यक्रममा दर्जाकोट माध्यमिक विद्यालयको दोस्रो त्रैमासिक परीक्षाको नतिजा समेत प्रकाशित भयको थियो । बिधालयका प्र।अ बोहराले आगामी दिनहरुमा शैक्षिक सुधारका निमित्त सम्पूर्ण सरोकारवालाहरु कटिबद्ध हुनुपर्ने  बताउनुभयो ।

यस्तै कार्यक्रममा कार्यपालिका सदस्य ममता रावल, सिडनेपाल अध्यक्ष यज्ञराज जोशि, सदस्य उज्ज्वल रावल, सुरज बोहरा प्रधानाध्यापक हर्क बहादुर बोहरा, समाजसेवी नर बहादुर बलायर , प्रेम नेपाली सिड नेपालका प्रतिनिधि अनिलकुमार बम लगाएका अतिथि रहनु भएको थियो । कार्यक्रमको संचालक  शिक्षक टेक बोहराले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस