Sunday, May 19, 2024 | २०८१ जेठ ६ आइतबार

ताजा अपडेट

   

बान्नीगढी जयगढमा साना किसान कृषि सहकारी अनुसरण कार्यक्रम संचालक समिति गठन

जयगढ । अछामको बान्नीगढी जयगढ गाँउपालिकामा साना किसान कृषि सहकारी अनुसरण कार्यक्रम संचालन गर्न संचालक समिति गठन गरिएको छ । ६ वटै वडामा लागु हुने कार्यक्रमका लागि तदर्थ समिति गठन गरिएको हो । 
जसको अध्यक्षमा पदम बहादुर शाह र उपाध्यक्षमा रामबहादुर साँउदलाई चयन गरिएको छ । समितिको सचिवमा खेमराज साँउद, कोषाध्यक्ष राज्य खड्का र सदस्यहरुमा सुरद बहादुर रावल, सपना स्वार, गिता साँउद, राधा बिक र पबित्रा ठकुल्ला रहेका छन् । 
नेपाल सरकारको आर्थिक सहयोगमा साना किसान विकास लघुवित्त वित्तिय संस्था मार्फत आर्थिक वर्ष २०८०÷८१ को अनुसरण कार्यक्रम गाँउपालिकाका ६ वटै वडामा लागु हुनेगरी नेपाल कृषि सहकारी केन्द्रीय संघको समन्वयमा कार्यक्रम स्विकृत भएपछि यो प्रक्रिया अघि बढाइएको तदर्थ समितिका अध्यक्ष पदमबहादुर शाहले बताउनुभयो । 
उहाँका अनुसार गाँउपालिकाको बिशेष पहलमा यो कार्यक्रम स्विकृत भएको हो । गाँउपालिकाका अध्यक्ष टेकबहादुर साँउदको अध्यक्षतामा नेपाल कृषि सहकारी केन्द्रीय संघले शनिबार आयोजना गरेको परिचयात्मक भेला मार्फत ६ वटै वडाका सयौं सरोकारवालाहरुको उपस्थीतिमा यसबारे ब्यापक छलफल गरेर समितिका पदाधीकारीहरुको छनौट गरिएको थियो । 
भेलाले सल्लाहकार समिति पनि गठन गरेको छ । गाँउपालिका अध्यक्ष टेकबहादुर साँउदको संयोजकत्वमा उपाध्यक्ष बिन्दु रावल सहित ६ वटै वडाका वडाध्यक्षहरु सदस्य रहने गरी सल्लाहकार समिति गठन गरिएको हो । सल्लाहकार समितिको सदस्य सचिवमा अनुसरण सहजकर्ता निर बहादुर अधिकारी रहनु भएको छ । 

प्रतिकृया दिनुहोस