बाडाका अग्नि पीडितलाई ३ लाख बढी सहयोग रकम हस्तान्त्रण
कर्ण बुढा
अछाम । मंगलसेन १३ बाडामा आगलागि पिडितलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । वडाका केही समाजसेवीहरुको पहलमा देश तथा विदेश बाट संकलन भएको रकम बुधबार मंगलसेनमा एक कार्यक्रमको आयोजनागरी हस्तान्तरण गरिएको हो ।
गत बैशाख १२ गते आगलागी भई घर सहित सबै धनसम्पती जलेर नष्ट भएका पदम धामी, उदय धामी र महेन्द्र धामीको परिवारलाई स्थानीय समाजसेवी टेक बहादुर धामी, रमेश धामी, मिन बहादुर धामी र सर्प बहादुर धामीको पहलमा संकलन भएको तीन लाख ६ हजार ४२८ रुपैयाँ हस्तान्तरण गरिएको हो ।
पीडितलाई यस अघि नै नगद २२ हजार बुझाई सकिएको थियो । अग्नी पिडित तीनै परिवारलाई मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले चेक मार्फत रकम हस्तान्तरण गर्नुभएको अभियान्ता टेक बहादुर धामीले बताउनुभयो ।
देश विदेश बाट दाजुभाई, आफन्त र ईष्ट मित्रले दिएको सहयोग सबै सरोकारवालाको उपस्थितिमा हस्तान्तरण गरि दिदा पारदर्शि समेत हुने भएकाले मंगलसेनमा एक कार्यक्रमको आयोजनागरि रकम हस्तान्तरण गरिएको धामीको भनाई छ ।
कार्यक्रममा मंगलसेन नगर प्रमुख बोहरा, वडा नम्बर ३ का अध्यक्ष बृख बहादुर बोगटी, वडा नम्बर ४ का अध्यक्ष नाम सिं धामी, वडा नम्बर १३ का अध्यक्ष हिक्मत बहादुर बोगटी, शिक्षक कर्ण बहादुर धामी, तेज बहादुर थापा लगायतको उपस्थीति रहेको थियो ।
प्रतिकृया दिनुहोस