Thursday, May 02, 2024 | २०८१ बैशाख २० बिहीबार

ताजा अपडेट

   

बान्नीगढी जयगढ गाउँपालिकाको छातासैनमा स्मार्ट र गिफ्ट परियोजनाले गरेका कामको अनुगमन

मालिका बिकास संघ नेपाल र लिबर्ड नेपालले बान्नीगढी जयगढ गाउँपालिकामा गरेका योजनाहरुको शुक्रवार अनुगमन गरिएको छ ।

मालिका बिकास संघ नेपालका वरिष्ठ उपाध्यक्ष्य हिम बहादुर बिश्वकर्माको नेतृत्वमा गएको अनुगन टोलिले गाउपालिकाको वडा नम्बर ३ छातासैनमा स्मार्ट र गिफ्ट परियोजनाले गरेका विभिन्न योजनाहरुको अनुगमन गरेको हो ।

जस अन्र्तगत प्लाष्टिक पोखरी, गोठ सुधार कार्यक्रमको अनुगमन गरीएको हो । अनुगमन टोलिले योजनाको सफल कार्यान्वयन र भएका कमि कमजोरीहरुलाई सुधार्दै लैजानु पर्ने सुझाव दिएको छ । साथै कीसान आफैले पनि सकेको लगानी गरेर व्यवसायीक बन्नुपर्ने टोलीको सुझाव छ ।

अनुगमनका क्रममा प्लाष्टिक पोखरीको सुरक्षाका लागि पोखरी वरपर घेरवार गर्न पनि सुझाईएको छ । समग्रमा काम सन्तोषजनक रहेको अनुगमन टोलीको निश्कर्ष छ ।

अनुगमनका क्रममा बोल्दै बान्नीगढी जयगढ गाउपालिकाका उपाध्यक्ष्य लोक बहादुर साउदले योजना प्रभावकारी भएको बताउनुभयो ।

अनुगमन टोलीमा जिल्ला समन्वय समितिका सदस्य शिव तिरुवा, वडा नम्बर ३ का वडाध्यक्ष कुल बहादुर सेट्ठि, गाउँपालिकाका पशुसेवा शाखा प्रमुख हर्क बहादुर शाही, पत्रकार, मालिका बिकास संघका सचिव ज्ञानेन्द्र मल्लसहित सस्थाका अन्य कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस