Thursday, May 02, 2024 | २०८१ बैशाख २० बिहीबार

ताजा अपडेट

   

स्थानिय सरकारले रोक लगाउँदा पनि कैलाशखोलामा जथाभावी माछा मार्ने काम रोकीएन

फाईल फोटो

अछामको रामारोशन गाउँपालीकामा पर्ने कैलाश खोलामा गैरकानूनी रूपमा माछा मार्ने क्रम बढ्दै गएको छ ।

जलीय जैविक विविधता संरक्षण गर्न यसअघी नै रामारोशन गाउँपालिकाले कैलाशखोलामा जथाभावी माछा मार्न रोक लगाएपनि त्यसको कार्यान्वयन हुन सकेको छ्रैन ।

विभिन्न तरीकाबाट माछा मार्न थालीएपछि भुरा माछा पनि नष्ट हुने भन्दै गाउँपालिकाले त्यसको संरक्षणका लागि यस्तो निर्णय गरेपनि स्थानिय स्वयमले नै नियम उल्लंघन गरेको गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले जानकारी दीनुभयो । गाउँपालिकाले यसअघि गरेका निर्णयको प्रभावकारी कार्यान्वयनका लागि तत्काल कार्यपालीका बैठक बसेर उचित समाधान नीकालीने समेत उपाध्यक्ष रावलले बताउनुभयो ।

गाउँपालिकाले स्थानिय जातका माछा लोप हुने अवस्थामा पुगेको भन्दै कैलाश खोलामा बम विष्फोट गराई, विषादी प्रयोग गरेर र करेन्ट लगाएर माछा मार्न रोक लगाएको थियो यस्तै माछा मार्नका लागी माछा मार्ने जाल दर्ता गर्नुपर्ने निर्णय पनि गाउँपालिकाले गरेको थियो । तर यी निर्णय कत्ती पनि पालना नभएको रामारोशनका स्थानिय पुष्प विष्टले बताउनुभयो ।

यती महत्वपुर्ण निर्णय कार्यान्वयन गराउन गाउँपालिकाले भने त्यसपछि कुनै पनि उचीत प्रयास नगरेकोे भन्दै उहाँले चर्चाका लागि मात्र यस्तो निर्णय गरीएको आरोप समेत लगाउनुभयो । संयुक्त रुपमा जलचर संरक्षणसम्बन्धी समूह गठन गरी कैलाश खोला, बल्दे खोला जलाधार क्षेत्रको संरक्षण गर्न निर्देशन गरीएपनि ब्यबहारमा सक्रिय नदेखिएको उहाँको भनाई छ ।

गाउँपालिकाले संयुक्तरूपमा छुट्टै ऐन कानून बनाई समूह गठन गरेर समूहलाई नै नदी तथा माछाको संरक्षण गर्न भनेको छ तथा नियमन गर्न बनेको नियम २०७५ मा खोलामा पाशा हालेर माछा मार्ने कुरालाई पनि अबैध मानेको छ । तर पनी खुल्ला रुपमा जथाभावी अवैध रुपमा माछा मार्ने काम दैनिकजसो भईरहेको छ ।

स्थानीय तहले बनाएको ऐनमा नदीमा बम, विषादी प्रयोग गरी माछा मार्नेलाई कानूनबमोजिम कारवाहीसहित जेल सजायसमेत हुने उल्लेख गरिएको छ । 

यस सम्बन्धी गाउँपालिकाले गरेका निर्णयहरु

प्रतिकृया दिनुहोस