Thursday, May 02, 2024 | २०८१ बैशाख २० बिहीबार

ताजा अपडेट

   

हाम्रो प्रतिवद्धता

सञ्चार बिकासले तीब्र रुपमा गति लिइरहेको छ । समाज सुधारका लागि सञ्चार माध्यमले महत्वपूर्ण भूमिका पनि खेल्दै आएको छ । अहिले सञ्चारका धेरै माध्यमहरु प्रचलनमा छन् । त्यसमा पनि पछिल्लो समय डिजिटल अर्थात अनलाइन पत्रकारीता सबै भन्दा बढी लोकप्रिय र प्रभावकारी देखिन्छ । 

टेलिभिजन, पत्रपत्रिका र रेडियोभन्दा अनलाइन पत्रकारीताले निकै छिटो समयमा मन जितेको छ । अहिले अनलाइन पत्रकारीता जनजनको आवाज बनिसकेको छ । लामो समयदेखि अछाम सदरमुकाम मंगलसेनमा सञ्चालनमा रहेको रेडियो सोसाइटी एफएमको सञ्चालक संस्था सामुदायिक सञ्चार अभियान नेपाल मार्फत पत्रकारीता स्वतन्त्र, स्पष्ट, निष्पक्ष, दुरुस्त, पूर्ण, सकारात्मक सोचको विकास गर्ने खालको र इमान्दार हुनुपर्छ भन्ने मान्यता अनुरुप सोसाइटी संचार डटकम नामक अनलाइन पत्रिका प्रकाशनसहित यहाँहरु समक्ष उपस्थीत भएका छौ ।


 समुदायको एउटा हिस्साले सार्वजनिक सरोकारका सवालहरुमा सुचित हुन पाउने जनताको अधिकार जनताकै आवाज बोल्ने सञ्चारमाध्यमको खोजीका रुपमा हामीले यो अनलाइन सुरु गरेका हौं । यस क्षेत्रको सर्वपक्षीय हित र पत्रकारिता क्षेत्रको मर्यादालाई उचो राख्न, सरकारले लागू गरेका ऐन नियम, पत्रकार आचारसंहिता, निर्वाचनसम्बन्धी आचारसंहिता अनुकूल रही समुदायलाई निष्पक्ष, सत्य, स्वतन्त्र सूचना तथा जानकारी प्रस्तुत गर्ने उद्देश्यकासाथ सुचनाबाट बञ्चित रहेका समुदायलाई सहजै सुचना दिनेगरी डिजीटल पत्रकारीता मार्फत समुदायको हितमा कलम चलाउने, बोल्ने, चासो राख्ने र विशेष निगरानी गर्ने मुख्य योजना समेत हामीसँग तयार छ । 

अन्त्यमा शान्ति, विकास र लोकतन्त्रका लागि प्रतिवद्ध यस अनलाइन मार्फत प्रकाशन हुने सबै समाचार तथा सूचना सत्यमा आधारीत हुनेछन भन्नेमा विस्वास दिलाउन चाहन्छौ । कोहीले भनेका र सुनेका भरमा तथा कल्पना गरेर सञ्चार सामग्री प्रकाशनमा ल्याउनु तथा आफ्नो निहित स्वार्थका लागि कुनै व्यक्ति, संस्था र निकायमाथि एकोहोरो व्यवहार प्रस्तुत गर्नु त्यो पत्रकार आचारसंहित विपरीत हुनजान्छ । त्यसकारण हामी सन्तुलित भएर समाजमा सकारात्मक सोचको विकास होस् भन्ने चाहन्छौ । 

हामी जसका बारेमा कुरा गछौँ उहाँहरूलाई सम्मान गर्छौ र हामी जोसँग कुरा गर्छाैँ उहाँहरूलाई पनि सम्मान गर्दछौ । यो यात्रामा सामाजिक रुपान्तरणका लागि तपाई र हामी सँगै हातेमालो गरेर अघि बढ्ने छौ । खोज, अध्ययन र अनुसन्धान गरेर समाचार सामग्री प्रकाशनमा ल्याउन यहाँहरु नै हाम्रो बलियो स्रोतका रुपमा रहनुहुनेछ । त्यसकारण आउनुहोस् सन्तुलित खबरकालागि हामीसँगै अघि बढौं ।

प्रतिकृया दिनुहोस