Thursday, May 02, 2024 | २०८१ बैशाख २० बिहीबार

ताजा अपडेट

   

मकैबालीमा फौंजी किराको प्रकोप

मंगलसेन नगरपालिका वडा नम्वर १ को आगरतोलामा अमेरीकन फौंजी किराले किसानको मकैबालिमा क्षती गरेको छ ।

स्थानीय १४ जना किसानहरुको करिब ४० रोपनीमा लगाईएको मकैबालि सबै किसानको एक÷एक गरा खुर्सानी फौजि किराले जरैदेखी काटेर सखाप बनाएको हो ।

मंगलसेन नगरपालिका वडा नम्वर १ र २ मा कार्यरत कृषि प्राविधिक हिरण्ड नाथ र पशु प्राविधिक मिन बहादुर थापाले स्थलगत रुपमै अध्ययन गर्दा सबै किसानको मकैबालि र खुसार्न तथा स्थानीय अम्मर साउदको एक गरा भुई स्याउ समेत किराले जरैदेखी काटेर सखाप बनाएको पाईएको छ ।

कृषकका अनुसार यो समस्या अघिल्लो बर्षमा पनि धेरै आएको थियो । यसरी कृषि प्राबिधिक घरखेत मै आएर रोग किराको पहिचान गर्दा निकै खुसि लागेको भन्दै किसानहरुले रोगको उपचारका लागि सम्वन्धित निकायले सहयोग गर्नुपर्ने वताएका छन । अमेरीकन फौजी किराको प्रकोप वडानम्वर १ कै अन्य टोलहरु दोबाटाखाल, मुल्ढुङागानी लगायतका ठाउमा पनि रहेको प्राविधिकहरुले बताएका छन ।

स्थलगत अध्ययनमा पुगेको प्राविधिकहरुको टोलिले स्थानीयको मकै, खुर्सानी, भुई स्याउ लगायतका बालिमा क्षती पुर्याएको निष्कर्ष निकालेको छ ।

फौजी किराको प्रकोप फैलिएको क्षेत्रमा प्राविधिक सहित वडा नम्वर १ को जाल्पादेवी टोलविकास संस्थाका अध्यक्ष लालबहादुर थापा सहितको टोलिको सहभागिता रहेको थियो  ।

प्रतिकृया दिनुहोस